प्रिमियर लिगको खेल तालिका सार्वजनिक

सहयात्रा टिभी

काठमाण्डौं । आउँदो पुस ३ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका बिहीबार सर्वाजनिक भएको छ ।
१२ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले १९ खेल खेल्ने छन् । प्रतियोगितामा काठमाण्डौं किंग्स इलेभेन, ललितपुर प्याट्रियोर्ट, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिष्पर्धा गर्ने छन् ।

त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङस् इलाभेन र ललितपुर प्याट्रियोर्ट भिड्ने छन् । काठमाण्डौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावाकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन् ।

 

प्रकाशित : 30 November, 2017

प्रतिक्रिया दिनुहोस्