केपी ओली प्रचण्ड माधव नेपाल एमाले


८० न्यायधीशको आज अन्तिम फैसला

सहयात्रा टिभी

काठमाण्डौं । उच्च अदालतमा ८० न्यायाधीशको नियुक्तिविरुद्ध परेको मुद्दामा आज (बिहीबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । महान्यायाधीवक्ता कार्यालयका दुर्गाबन्धु पोखरेललगायतले १३ महिनाअघि भएको उक्त नियुक्तिविरुद्द मुद्दा हालेका थिए ।

मुद्दा दायरकर्ताले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको न्यायपरिषदले ८० न्यायाधीशको नियुक्ति गर्दा न्याय परिषद् ऐन २०४७ ले तोकेको कार्यविधि र न्यायपरिषदका सदस्यहरूलाई समेत छलेको आरोप लगाएका छन् ।सो मुद्दामा आज सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सुनुवाइ थाल्ने जनाइएको छ ।

प्रकाशित : 30 November, 2017

प्रतिक्रिया दिनुहोस्