केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस सभास्थल नजिकै विष्फोट, एक वर्षीय बालकसहित तीन घाइते

सहयात्रा टिभी

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित भलाद्मी चोकमा नेपाली कांग्रेसको सभास्थल नजिकै बम विष्फोट हुँदा एक तीन वर्षीय बालकसहित तीन जना घाइते भएका छन् ।

कांग्रेसले आयोजना गरेको सभास्थल नजिकै बिहीबार १२ बजेतिर अज्ञात समूहले बम विष्फोट गराउँदा स्थानीय धनवहादुर श्रेष्ठ, समृना अधिकारी र एक बर्षीय बालक योवन न्यौपाने घाइते भएका हुन । सुनसरी–३ मा कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य विजयकुमार गच्छदारको चुनावी सभाको तयारी हुँदै गरेको अवस्थामा एक्कासी बम विष्फोट भएको प्रतक्ष्यदर्शीले जानकारी दिएका छन् ।

घाइतेमध्ये दुई जनाको न्यूरो अस्पताल विराटनगर र एक जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । विष्फोट निर्वाचन विरोधी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गराएको हुन सक्ने अनुमान गरिएको छ । विष्फोटका विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित : 30 November, 2017

प्रतिक्रिया दिनुहोस्