केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाण्डौंका सडकमा ब्रुमर लगाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौंका सडकमा धूलो बढेको भन्दै ब्रुमर लगाउन थालिएको छ । काठमाण्डौं महानगरपालिका र सडक विभागले धूलो नियन्त्रण गर्न भन्दै ब्रुमर लगाउन थालेका हुन् । रत्नपार्क आसपास क्षेत्रलाई धूलोमुक्त बनाउन धूलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट थालिएको महानगरपालिकाले जनाएको छ ।

विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएको छ । ‘पैदल यात्रीले फालेका चक्लेट, चाउचाउ र विस्कुटको खोल तथा प्लाष्टिकका टुक्रा तान्यो भने ब्रुमर ब्लक हुन्छ । ‘सडकमा पानी भयो भने पनि माटो तान्न मिल्दैन । ब्रुमरलाई अरु सवारीसाधनले काम गर्ने रुट दिंदैनन् ।

अरु समस्या धेरै छन्’–ब्रुमर चालक अमन राई भन्छन् । १ डम्फर (करीब ५ सय किलोग्राम) मसिनो धूलो संकलन गर्ने क्षमताको ब्रुमरले अहिले सडक सफा गरिरहेको छ । धूलोमुक्त सडकको परिणाम निकाल्न विद्यमान पूर्वाधार नै समस्या देखिएको महानगरपालिकाको ठहर छ । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवर पूर्वाधारजन्य समस्याको समाधानका लागि सडक विभागसँग छलफल गरेर समाधान निकाल्ने बताउँछन् ।

प्रकाशित : 30 November, 2017

प्रतिक्रिया दिनुहोस्