केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१०५ सिट जित्छौ–वाम गठबन्ध

सहयात्रा टिभी

काठमाण्डौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफूहरुले प्रत्यक्षतर्फ एक सय ५ सिट जित्ने दावी वाम गठवन्धनले गरेको छ ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाण्डौंमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका मासचिव इश्वर पोख्रेलले पहिलो चरणमा चुनाव भएका ३७ क्षेत्रमध्ये ३२ वटामा जित्ने दावी गरे ।

उनले प्रत्यक्षतर्फका १६५ मध्ये एक सयदेखि १०५ सिटसम्म वाम गठवन्धनले जित्ने ठोकुवा गरे । उम्मेद्वारहरुलाई लक्षित गरी बम पड्किरहेका बेला गुल्मीमा कांग्रेस कार्यकर्ताको घरमै विष्फोटक बस्तुहरु भेटिएको भन्दै उनले शंका व्यक्त गरे ।

प्रकाशित : 30 November, 2017

प्रतिक्रिया दिनुहोस्