‘सेतो सूर्य’ स्याटलाइट अवार्डमा मनोनित

सहयात्रा टिभी

काठमाण्डौं । नेपाली चलचित्र फिल्म ‘सेतो सूर्य’ अन्तर्राष्ट्रिय प्रेस एकेडेमी स्याटलाइट अवार्डको मनोनयन सूचीमा परेको छ । दिपक रौनियारले निर्देशन गरेको सेतो सूर्य मोसन पिक्चरको विधामा मनोनयनमा परेको हो ।

७० भन्दा बढी फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको फिल्म ‘सेतो सूर्य’ मंसिर २२ गतेबाट नेपाली सिनेमाहरूमा पुनः प्रदर्शन गरिंदैछ । यो फिल्मले ओस्कारको विदेशी भाषातर्फ उत्कृष्ट फिल्मका लागि पनि प्रतिष्पर्धा गरिरहेको छ ।

अवार्ड वितरण कार्यक्रम आगामी माघ २२ गते हुने जनाइएको छ । सन् २०१६ मा प्रदर्शन भएको सेतो सूर्य ‘सोसियो पोलिटिकल ड्रामा’ हो । ८८ मिनेट लामो फिल्मलाई निर्देशक रौनियारले नै लेखेका हुन् । फिल्ममा दयाहाङ राई, रबिन्द्रसिंह बानियाँ, आशा मगराती, अमृत परियारलगायतले अभिनय गरेका छन् ।

प्रकाशित : 30 November, 2017

प्रतिक्रिया दिनुहोस्