केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लियो मूर्त रुप : एमाले ६१, माओवादी ३९ प्रतिशत

सहयात्रा टिभी

काठमाडौं । एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेलले मूर्त रुप लिएको छ । १ सय ६५ सदस्यीय प्रतिनिधिसभा र ३ सय ३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच भागवण्डाका क्रममा ६१ र ख३९ मा कुरा मिलेको नेताहरूले बताएका छन् ।

प्रतिनिधिसभामा एमालेले ९७ र माओवादीले ६१ स्थानमा उम्मेदवार उठाउने सहमति भएको नेताहरूले जनाएका छन् । यस्तै प्रदेशसभामा एमालेको भागमा १ सय ९६ र माओवादीको भागमा १ सय ३० सिट परेको छ । एमालेको भागमा ६१ प्रतिशत र माओवादीको भागमा ३९ प्रतिशत परेको जनाईएको छ ।

यस अघि एमाले र माओवादी केन्द्रबीच गठबन्धनमा आउने अन्य दललाई दिएर बाँकी स्थानमा ६० र ४० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको थियो । माओवादीसँग भागबण्डा टुंगो लागेपछि एमाले स्थायी समितिको मंगलबार बसेको बैठकले १ र ६ नम्बर प्रदेशको जिल्लाका उम्मेदवार पनि तय गरेको छ ।

प्रकाशित : 1 November, 2017

प्रतिक्रिया दिनुहोस्