ठाकुर प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवार

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवारमा (राजपा)ले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई बनाउने निर्णय गरेको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेलगत्तै राजपाले ठाकुरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

ठाकुरको क्षेत्र महोत्तरीको क्षेत्रनम्बर ३ मा पर्दछ । त्यसको ‘क’ वा ‘ख’मध्ये कुनै एकबाट लड्ने विकल्प उनीसँग छ । ठाकुरले यसअघि चुनाव लड्दै आएको जिल्ला भने सर्लाही हो ।

प्रकाशित : 1 November, 2017

प्रतिक्रिया दिनुहोस्