तिलिचोमा आन्तरिक पर्यटकको घुइँचो

सहयात्रा टिभी

मनाङ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको आधारशिविरमा अवलोकन गर्न आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

केही वर्ष अगाडि विषेशगरी यहाँ अवलोकनका लागि थोरै संख्यामा बाह्य पर्यटक आउने गरेकामा गत वर्षबाट आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

करिब चार हजार ४०० मिटर उचाइमा रहेको तिलिचो आधारशिविर आन्तरिक पर्यटकले खचाखच भरिएको छ । उक्त ठाउँमा तीनवटा होटल मात्रै रहेकाले सबै भरिभराउ भएपछि पाल टाँगेर पर्यटक बस्न बाध्य छन् । सोह्र हजार २३७ फिटमा रहेको तिलिचो ताल वेँसीशहरबाट गाडीमा माथिल्लो मनाङ खागंसार पुगेपछि त्यहाँबाट दुई दिनको पैदलयात्रा गरी ताल भएको ठाउँमा पुग्न सकिन्छ ।

खागंसार, श्रीखर्क र तिलिचो आधारशिविर यहाँ आउने पर्यटकका लागि मुख्य बासस्थानको रुपमा रहेको छ । तिलिचो आउने पर्यटक थ्रोङपास गरेर मुक्तिनाथ दर्शन गर्न जाने गरेका छन् ।

यसरी आउने पर्यटकको चापले गर्दा होटल व्यवसायीले ठाउँको अभावमा भान्सामा समेत पर्यटकलाई बास बसाउँदै आएको खांसार होटलका सञ्चालक सोनाम गुरुङले बताए । रासस

प्रकाशित : 1 November, 2017

प्रतिक्रिया दिनुहोस्