केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मंसिर २१ मा हुने चुनावका लागि आज उम्मेदवारी दर्ता

सहयात्रा टिभी

काठमाडौं । मंसिर २१ मा हुने दोस्रो चरणको चुनावका लागि आज मनोनयन दर्ता हुँदैछ । दोस्रो चरणको चुनावका लागि मनोनयन दर्ताको लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान १० बजेदेखि ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा चुनाव हुनेछ ।

प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० मध्ये ७४ निर्वाचन क्षेत्रमा मंसिर १० गते पहिलो चरणमा चुनाव हुँदैछ । पहिलो चरणका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो ।

प्रदेश १ का इलाम, तेहथु्रम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, ललितपुर र भक्तपुरमा दोस्रो चरणमा चुनाव हुँदैछ ।
यस्तै, दोस्रो चरणमा प्रदेश ४ का नवलपरारीको बर्दघाट सुस्ता पूर्व, तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश ५ का नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश ७ का कैलाली, कञ्चनपुर, डढेलधुरा, अछाम र डोटीमा पनि चुनाव हुँदैछ ।

प्रकाशित : 2 November, 2017

प्रतिक्रिया दिनुहोस्