२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना

सहयात्रा टिभी

काठमाडौँ : प्रजातन्त्र पुनः स्थापना भएपछि पहिलो सभामुख दमननाथ ढुङ्गाना पुनः चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ । नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं २ बाट उहाँलाई प्रतिनिधिसभाको अगामी निर्वाचनको प्रतिस्पर्धामा उतारेको हो ।

विस २०४८ को पहिलो संसदीय निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं २ बाट विजय हुनुभएको थियो । यसपछि उहाँ प्रजातन्त्र स्थापनापछि पहिलो पटक गठन भएको व्यवस्थापिका–संसद्मा नेकाका तर्फबाट सभामुख पदमा सर्वसम्मतरूपमा चयन हुनुभएको थियो ।

उसो त विसं २०४६ मा प्रजातन्त्र स्थापनाका लागि भएका राजनीतिक आन्दोलन, प्रजातन्त्र स्थापनापछिको अन्तरिम सरकार गठन र अन्तरिम संविधान जारी गर्न उहाँले कानुनी क्षेत्रबाट पु¥याउनुभएको योगदानले तत्कालीन संयुक्त वाममोर्चाका नेतृत्वलाई समेत चकित बनाएको थियो । करिब २३ वर्षको अन्तरालमा पूर्वसभामुख ढुङ्गाना विस २०६२/६३ मा गणतन्त्र स्थापनापछिको तेस्रो निर्वाचनमा होमिनुभएको हो । विस २०५१ को मध्यावधि निर्वाचनमा पराजित भएपछि उहाँ नेकाको मूल राजनीतिभन्दा शान्ति प्रक्रिया टुङ्ग्याउन नागरिक समाजका अगुवामको रूपमा नेतृत्व गर्दै आउनुभएको थियो ।

प्रकाशित : 2 November, 2017

प्रतिक्रिया दिनुहोस्