केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसमा इमान जमान सकिएकाले समृद्ध मुलुक बनाउन बाम गठबन्धन आवश्यक : ओली

सहयात्रा टिभी

झापा । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस पार्टीसँग इमान जमान सकिएको आरोप लगाएका छन् । एमाले अध्यक्ष ओलीले समृद्ध मुलुक बनाउन बाम गठबन्धनको विकल्प नभएको पनि बताएका छन् । गृहजिल्ला झापाको दमकमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष ओलीले अबको राजनीतिक उदेश्य भनेको समृद्धि हासिल गर्ने रहेको बताएका छन् ।

आसन्न निर्वाचन सम्पन्न भएपछि मुलुकमा बाम गठबन्धनको दिगो सरकार स्थापना हुने र मुलुक समृद्धिको दिशामा अगाडी बढ्ने ओलीको भनाई थियो । ‘कांग्रेससँग आज विपी, गणेशमान, सुवर्णसमशेर जस्ता त्यागी छैनन्, मात्र निजी स्वार्थको लागि मरिमेट्नेहरु मात्र बाँकी छन् ।’ ओलीले शुक्रबार बिहान दमकस्थित निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

ओलीले वाम गठबन्धन देशमा बेरोजगारीे अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको अधिकारकाा निमित्त काम गर्ने बताए ।

 

प्रकाशित : 3 November, 2017

प्रतिक्रिया दिनुहोस्