केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पौडेलले गरे जोशीविरुद्ध उम्मेदवारी खारेजको माग

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनुहँ १ का उम्मेदवार रामचन्द्र पौडेलले स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीविरुद्ध आज उजुरी गर्न पाउने प्रावधान वमोजिम उनका विरुद्ध उजरी दिएका छन् । जोशी भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट दोषी ठहर भएको भन्दै पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार जोशीको उम्मेदवारी खारेजको माग गरेका हुन् ।

पूर्वगृहमन्त्री समेत रहेका जोशीलाई कांग्रेसले टिकट नदिएपछि तनहुँ १ वाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित : 3 November, 2017

प्रतिक्रिया दिनुहोस्