विप्लव नेतृत्वको नेकपाद्वारा भोजपुरमा प्रदेशसभा सदस्य उम्मेदवार कार्कीको घर कब्जा

सहयात्रा टिभी

भोजपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले भोजपुरबाट प्रदेशसभा सदस्यको उम्मेदवारी दिएका गोविन्दवहादुर कार्कीको घर कब्जा गरेको छ । प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका कार्कीले उम्मेदवारी फिर्ता नलिएको भन्दै नेकपाले घर कब्जा गरेको जनाएको छ । नेकपाले एक विज्ञप्ती जारी गर्दै पटक पटक उम्मेदवारी तिर्फा गर्न अनुरोध गर्दा समेत नमानेकाले कार्कीकोे घर कब्जा गरेको जनाएको हो ।

कार्कीले प्रदेशसभा चुनावमा कांग्रेसकोतर्फबाट भोजपुर (ख) बाट प्रत्यक्षमा उमेदवारी दिएका छन् । यता जिल्ला प्रहरी कार्यालयले भने घर कव्जा नभएको जनाएको छ ।

प्रकाशित : 3 November, 2017

प्रतिक्रिया दिनुहोस्