केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्याटालोनियाका नेता कार्लेस पुइग्डमोन्टलाइ प्रक्राउ वारेन्ट जारी

सहयात्रा टिभी

एजेन्सी । स्पेनको एक अदालतले बर्खास्त गरिएका क्याटालनका नेता कार्लेस पुइग्डमोन्टलाइ प्रक्राउ वारेन्ट जारी दिएकोे छ । स्पेनको राजधानी मड्रिडमा रहेको एक उच्च अदालतले नेता पुइग्डमोन्टसहित बेल्जियम गएका उनका अन्य चार सहयोगी विरुद्ध पनि युरोपियन पक्राउ एरेस्ट वारेन्ट (इएडब्लु) जारी गरेको हो ।

बर्खास्त भएका क्याटालन नेता पुइग्डमोन्टलाई अदालतमा उपस्थित हुन भनिएको थियो । तर उनि बिहीबार अदालतमा उपस्थित नभएका कारण अदालतको पनि अवहेलना गरेको र स्पेन सरकारले नेता पुइग्डमोन्टसहितका क्याटालोनिया स्वतन्त्रताको पक्षमा रहेको क्षेत्रीय सरकारका अधिकारीमाथि विद्रोह, नागरिकलाई भड्काउने तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोपमा उनलाइ पक्राउ वारेन्ट जारी गरिएको हो । स्पेन सरकारले बिहीबार क्याटालोनिया क्षेत्रीय सरकार ९ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये एकजना ५० हजार युरो धरौटी बुझाएर रिहा भएका छन् ।

युरोपियन एरेस्ट वारेन्ट जारी भएकाले बेल्जियमले वारेन्टको अध्ययन गर्ने समाचार संस्था एएफपीले जनाएको छ । स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा गएको अक्टोबरमा जनमतसंग्रह भएपछि विवाद चुलिएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा स्वतन्त्रताको पक्षमा मत आएको दाबी गरिएको थियो । स्पेन सरकारले क्याटालोनियाको संसद तथा सरकार भंग गर्दै केन्द्र शासन लागु गरेको छ ।

प्रकाशित : 4 November, 2017

प्रतिक्रिया दिनुहोस्