उम्मेदवारी दर्ता गराएका सातजना विरुद्ध परेको दाबी विरोधमा चुनाव लड्न पाउने नपाउने टुंगो आज : आयोग

सहयात्रा टिभी

काठमाडौ । दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता गराएकाहरुका विरुद्ध आज दाबी विरोधमा निर्वाचन आयोगले छानविन गर्ने भएको छ । उम्मेदवारी दर्ता गराएका मध्ये सातजना विरुद्ध परेको दाबी विरोधमा आयोगले आज छानविन गर्ने भएको हो । बिहीबार उम्मेदवारी दर्ता गराएकामध्ये सातजना विरुद्ध शुक्रबार परेको दाबी विरोधमा शनिबार छानविन गरी टुंग्याउने र आइतबार अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिइने आयोगले जनाएको छ ।

यसमध्ये, नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका कांग्रेसकै नेता गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गरेका छन् । जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला कायमै रहेका वेला जोशीले चुनाव लड्न नपाउने दाबी पौडेलले गरेका छन् ।

प्रकाशित : 4 November, 2017

प्रतिक्रिया दिनुहोस्