केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डोटीमा जीप दुर्घटना हुदां तीनको मृत्यु

सहयात्रा टिभी

डोटी । डोटी वडा नंम्बर ३, देउरडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दिपायलका लागि छुटेको से १ ज २६५ नम्बरको शैलेश्वरी यातायातको बोलेरो जीप बिहान ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा के.आई.सिं. गाउँपालिका–२, डुम्राकोट निवासी ४२ वर्षीय जीपचालक खेमराज ओझा र सोकी गाउँपालिका–६, गगुडा निवासी २५ वर्षीय रोशन ताम्राकार रहेका छन् । ११ यात्रु सवार जीपमा अन्य यात्रु घाइते भएको प्रहरील जनाएको छ । जीप सडकबाट करीब साढे तीन सय मिटर तल खसेको थियो ।

प्रकाशित : 4 November, 2017

प्रतिक्रिया दिनुहोस्