केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार दिएका जोशीको उम्मेदवारी रद्द

सहयात्रा टिभी

काठमाडा । निर्वाचन तनहुँ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी रद्द भएको छ । भ्रष्टाचार मुद्दामा मुछिएका नेता जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका विरुद्ध बागी उम्मेदवारी दिएपछि पौडेलले आयोगमा उनको उम्मेदवारी खारेजको माग गर्दै उजुरी दिएका थिए। विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको र त्यो मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन रहेको भन्दै आयोगले जोशीको उम्मेदवारी रद्द गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भई जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन् । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको भन्दै कांग्रेसले उम्मेद्वार नबनाए पछि जोशीले तनहुँ १ मा नेता पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

प्रकाशित : 4 November, 2017

प्रतिक्रिया दिनुहोस्