केपी ओली प्रचण्ड माधव नेपाल एमाले


३७ औँ बच्चाको पर्खाइमा गुल्जार

सहयात्रा टिभी

दुई सन्तान इश्वरको वरदान भन्ने भनाई अहिले नेपालमा समेत धेरैको मुखबाट सुन्न पाइन्छ । दुई सन्तानको नाराकै कारण दम्पतिलाई आफ्नो सन्तान हुर्काउँदा भोग्नु पर्ने सकस कम भएको पनि छ । यो समयमा एक–दुई सन्तान हुर्काउन समेत कठिन छ । दुई सन्तान इश्वरको वरदान भन्ने भनाई अहिले नेपालमा समेत धेरैको मुखबाट सुन्न पाइन्छ । दुई सन्तानको नाराकै कारण दम्पतिलाई आफ्नो सन्तान हुर्काउँदा भोग्नु पर्ने सकस कम भएको पनि छ । यो समयमा एक–दुई सन्तान हुर्काउन समेत कठिन छ । तर यही संसारमा ३६ जना बच्चा पालन–पोषण गर्ने मर्द बाऊहरु पनि रहेछन् । यी मर्द तीन दर्जनका बाऊ बनिसके । अझ केही समयपछि नै थप एक बच्चा पाउनेवाला छन् । गुलजार खान नामका एक पुरुष आफ्ना धेरै सन्तानकै कारण अन्तर्राष्ट्रय मिडियामा छाइरहने गरेका छन् । पाकिस्तानको इस्लामावादमा बस्ने गुलजारकी तेश्री पत्नी अहिले गर्भवती छिन् ।

आफ्ना ३६ जना बच्चा भइसकेको अवस्थामा श्रीमती गर्भवती हुँदा गुलजारलाई चिन्ता हुनुपर्ने हो, कसरी पाल्ने यतिधेरै बच्चा ? भनेर । तर उनी निकै खुशी छन् । उनी मात्र होइन, पूरै परिवारले आफ्नो घरमा आउने नयाँ सदस्यको व्यग्ररुपमा प्रतिक्षा गरिरहेको छ । गुलजारका तीन वटी पत्नी छन् । उनका ३६ छोराछोरीमध्ये कतिपयको त बिहे भएर नाति नातिना पनि जन्मिसके । आफ्ना छोराछोरी र नाति नातिना सबै गर्दा गुलजारको परिवारमा करीब डेढ सय सदस्य पुगिसकेका छन् ।

गुलजारको त खलक नै खान्दानी परेछ । उनी मात्र होइन उनका भाइ मस्तानका पनि ३ पत्नी र २२ जना बच्चा छन् । गुलजार र मस्तान आफ्नो ठूलो परिवार भएकोमा गर्व गर्छन् । गुलजारका अनुसार तीन जना पत्नी र यतिधेरै बच्चाबच्ची हुनुको कारण छ । केही आदिवासी समुदायसँगको रिसिइवीका कारण आफूले ३६ जना बच्चा जन्माउनु परेको उनी बताउँछन् । आदिवासी समूहसँग नियमित रुपमा झैझगडा गर्नुपर्ने र त्यसमा धेरै बच्चाबच्ची हुनु फाइदाजनक हुने गरेको उनको धारणा छ । अल्लाहकै इच्छा अनुरुप आफ्नो यतिधेरै बच्चा जन्मेका हुनाले अल्लाहले सबैलाई रोटीको बन्दोबस्त गर्छन् भन्ने विश्वास उनमा छ ।

प्रकाशित : 5 November, 2017

प्रतिक्रिया दिनुहोस्