निःशुल्क औषधिको संख्या ८० पुग्यो, सबै औषधि जिल्ला पुग्दैनन्

सहयात्रा टिभी

काठमाण्डौं । सरकारले विपन्न नागरिकको उपचारमा पहुँच बढाउने उद्देश्यले निःशुल्क औषधिहरु वर्षेनी थप गर्दै उपलब्ध गराउन थालेको छ ।
तर, सरकारले विपन्न नागरिकका लागि निःशुल्क उपलब्ध गराउने भनिएका कतिपय औषधिहरु जिल्ला–जिल्लासम्म नपुग्ने गरेको पाइएको छ । विगतमा ७० प्र्रकारका औषधि निःशुल्क गराएको सरकारले चालु आर्थिक वषैदेखि बढाएर ८० पु¥याएको छ । तर सरकारले जिल्लाका ग्रामीण तहसम्म पुग्ने गरी व्यवस्था मिलाएको भनिएका कतिपय निःशुल्क औषधि सहज रुपमा नपाउँदा सर्वसाधरण नागरिक औषधि किनेर नै उपभोग गर्न बाध्य छन् ।

स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखा प्रमुख भोगेन्द्र डोटेलले मानसिक र नसर्ने रोगका औषधिको मात्रा थप गरिएको जानकारी दिए । उनका अनुसार अब मानसिक रोगका ६ र नसर्ने रोगका ४ गरी १० प्रकारका औषधि पनि निःशुल्क पाइने छ । पछिल्लो समय नसर्ने रोगका बिरामीहरूको संख्या बढ्न थालेपछि सरकारले त्यसको न्यूनीकरणका लागि औषधि थप गरेको । सरकारले निःशुल्क दिने भनिएको औषधिहरु जिल्ला अस्पतालहरुमा समेत बेला बखत नपाउँदा रित्तै हात फर्कनु पर्ने गरेको विरामीहरुको गुनासो छ ।

प्रकाशित : 6 November, 2017

प्रतिक्रिया दिनुहोस्