चुनावी दौडमा ४ हजार ४८३ उम्मेद्वार, २६४ ले मैदान छाडे

सहयात्रा टिभी

काठमाण्डौं । दोस्रो चरणमा २०७४ मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चार हजार ४८३ उम्मेद्वारले निर्वाचन चिन्ह प्राप्त गरेका छन् ।

निर्वाचन आयोगबाट स्वीकृत उम्मेद्वारहरुलाई आज ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिन्ह् प्रदान गरिएको छ ।  कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि उम्मेद्वारी दर्ता गराएका र आयोगबाट स्वीकृत भएका उम्मेद्वारहरुलाई आज निर्वाचन प्रदान गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगको सूचना प्रविधि महाशाखाका अनुसार कायम रहेका चार हजार ७४७ उम्मेद्वारहरुमध्ये प्राप्त विवरण अनुसार दुई जनाको उम्मेद्वारी रद्द, चार जनाको दाबी विरोधबाट खारेज र २५८ को उम्मेद्वारी फिर्ता गरी जम्मा २६४ जना व्यक्तिको नाम उम्मेद्वारहरुको सूचीबाट हटेको आयोगले जनाएको छ । निर्वाचन चिन्ह् प्रदान गरिएका उम्मेद्वारहरुको अन्तिम विवरण आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : 6 November, 2017

प्रतिक्रिया दिनुहोस्