केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्चले आयोगलाई दियो चुनावमा खटिएका कर्मचारीलाई मत हाल्न दिने निर्णयको अधिकार

सहयात्रा टिभी

काठमाडौं । मंसिरमा हुने चुनावमा खटिएका कर्मचारीलाई समानुपातिकतर्फ मत हाल्न दिने वा नदिने भन्ने निर्णय गर्न निर्वाचन आयोगले नै पाउने भएको छ । सर्वोच्च अदालतले सो निर्णय गर्ने अधिकार आज आयोगलाई नै दिएको हो । महान्यायाधिवक्ता कार्यालयका कर्मचारी भरतकुमार मैनालीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले चुनावमा खटिनेहरुलाई भोट हाल्न दिने विषयमा संविधान अनुसार निर्णय गर्न आयोगलाई आदेश दिएको हो ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको इजलासले संविधानको धारा, ८४ को उपधारा ५ विपरीत नहुने गरी मतदानको अधिकार व्यवस्था गर्ने जिम्मा आयोगको भएको भन्दै अन्तरिम आदेश भने जारी गर्नु नपर्ने ठहर गरेको छ । संविधानमा ‘१८ वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई संघीय कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतादान गर्ने अधिकार हुनेछ’ भन्ने व्यवस्था छ । आयोगले चाहेमा चुनावमा खटिने कर्मचारीको अस्थायी मतदाता नामावली बनाएर भोट हाल्न दिन सक्नेछ।

प्रकाशित : 6 November, 2017

प्रतिक्रिया दिनुहोस्