नेपालमा २५ लाख गरीब घरपरिवार

सहयात्रा टिभी

काठमाण्डौं । झट्ट हेर्दा नेपाली नागरिकमा जीवनका लागि आवश्यक न्यूनतम आधारभूत आवश्यकता पूरा भइरहेको भान परेपनि नेपालमा गरीब घरपरिवारको संख्या कहालीलाग्दो छ ।

देशका २५ जिल्लामा गरिएको सर्भेक्षणले नेपालमा गरीब घरपरिवारको संख्या २५ लाख देखिएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले पहिलो चरणमा पीएमटी (प्रोक्सिमिन टेस्टिङ) को आधारमा २५ जिल्लामा गरेको गरिबी पहिचान विधिबाट ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारका १२ लाख २४ हजार ४ सय १७ जना गरीब भएको पहिचान गरेको थियो । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले पहिचान गरिएका १२ लाख २४ हजार गरीबमध्ये सबैभन्दा बढी गरीबको बसोवास रहेका गाउँपालिकाबाट गरीब परिचय–पत्र वितरण गर्न थालिएको छ ।

सरकारले २५ जिल्लाका गरीब घरपरिवार पहिचान गर्दै परिचय–पत्र वितरण शुरु गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरीब घरपरिवार पहिचान गर्दै सोमबारदेखि गरिबीको परिचय–पत्र वितरण थालेको हो । सामान्यतः समाजले स्वीकार गरेको सम्पन्नता हासिल गर्न र जीवनका लागि आवश्यक न्यूनतम आधारभूत आवश्यकता (गाँस, बास र कपास) परिपूर्ति गर्न वा वित्तीय स्रोत जुटाउन नसक्ने अवस्थालाई गरिबी भनिन्छ । गरिबी पहिचान गरिएका २५ जिल्लामा भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, बर्दिया छन् । यसैगरी, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, अछाम र कैलालीमा गरीब पहिचान भएका छन् ।

प्रकाशित : 7 November, 2017

प्रतिक्रिया दिनुहोस्