एम्बुलेन्स पल्टिँदा एकको ज्यान गयो, दुई सम्पर्कबिहीन

नुवाकोट । तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा सोमबार राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना सम्पर्कविहीन बनेका छन् ।
सोमबार राति एम्बुलेन्स पल्टिँदा मकवानपुर मनहरीका सन्दिप भारतीको ज्यान गएको प्रहरीले जनाएको छ । समुन्द्रटारबाट काठमाडौंका लागि छुटेको बा १६ च ८९७ नम्बरको एम्बुलेन्स पल्टिएको हो । एम्बुलेन्समा तीन जना चढेको भनिए पनि दुई जना सम्पर्कबिहीन रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ । दुर्घटनास्थलमा मृतक मकवानपुर मनहरीका भारतीको मात्र नागरिकता भेटिएको प्रहरीले जनाएको छ ।