निर्वाचन लक्षित कार्यक्रम अन्तिम चरणमा : आयोग

सहयात्रा टिभी

काठमाण्डौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि गर्नुपर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ ।  आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता र मतगणना लक्षित कार्यक्रम अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

केन्द्रीय प्रशिक्षण सम्पन्न गरे लगत्तै आयोगले आजबाट दुई दिने क्षेत्रीय प्रशिक्षण शुरु गर्ने जानकारी दिएको छ । सात वटै प्रदेशमा आजबाट दुई दिन प्रशिक्षण सञ्चालन हुने आयोगका प्रबक्ता नवराज ढकालले जानकारी दिएका छन् ।  दुई दिनको क्षेत्रीय प्रशिक्षण लगत्तै जिल्लागत रुपमा प्रशिक्षण शुरु गर्ने आयोगको तयारी रहेको छ । आयोगले मतदाता र मतगणना लक्षित प्रशिक्षण सबै जिल्लामा २७ गते अगावै गरिसक्न मुख्य निर्वाचन अधिकृतको कार्यलयलाई निर्देशनसमेत दिएको छ ।

सो कार्यक्रममा करीब ६० हजार कर्मचारी परिचालन हुने प्रवक्ता ढकालले बताए । हरेक मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी पठाउने गरी आयोगले तयारी गरेको छ ।  यसैबीच मतपत्रमा भएको परिमार्जित ब्यबस्था अनुसारको मतदाता शिक्षा कार्यक्रम २५ गते देखि शुरु हुने आयोगले जनाएको छ । सर्वोच्च अदालतको आदेशपछि आयोगले छुट्टाछुट्टै मतपत्र छापेपछि रोकिएको सो कार्यक्रम आगामी २५ गतेबाट शुरु गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । त्यसका लागि बिहीबारबाट हरेक जिल्लाका कर्मचारीलाई तालिम सञ्चालन दिने आयोगले जनाएको छ ।

प्रकाशित : 7 November, 2017

प्रतिक्रिया दिनुहोस्