केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जहाज पार्किङमा पालना भएन नियम, एयर ट्राफिकिङ बढ्दै

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज विश्रामका लागि निश्चित स्थान निर्धारण गरिएको भए पनियसकोपालना हुन सकेको छैन ।

विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न आन्तरिक उडानका केही जहाजलाई उपत्यका बाहिरका विमानस्थलमा अप्ररेटिङ बेस (रात्रिकालीन विश्राम) स्थल तोकिए पनि कार्यान्वयन हुन सकेको छैन । नेपाल नागरिक उड्ययन प्राधिकरणले पछिल्लो समय आन्तरिक उडानका र थपिएका नयाँ जहाजका लागि अपरेटिङ बेस उडान उपत्यका बाहिरका विमानस्थलमा दिंदै आएको छ । तर बेस उपत्यका बाहिर भए पनि एयरलाइन्स कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नै आधार बनाएर उडान गरिरहेका छन् । नियम अटेरी गर्ने एयरलाइन्स कम्पनीलाई विमानस्थल कार्यालयले पनि बेस तोकिएकै ठाउँबाट उडान गर्ने निर्देशन दिन सकेको छैन ।

यसका कारण पछिल्लो समय विमानस्थलमा एयर ट्राफिक बढिरहेको छ । एयर ट्राफिक बढेसँगै जहाज डिलेको समय बढेको विमानस्थल कार्यालयका प्रवक्ता पे्रमनाथ ठाकुरले बताए ।  प्राधिकरणले सुगममा उडान पर्ने बुद्ध, यती, सिम्रिक, सौर्य र श्रीका जहाजमध्ये तीनवटा जहाजको अपरेटिङ बेस उपत्यका बाहिर तोकिएको छ । यसमा सौर्यका दुई जहाजमध्ये एउटालाई काठमाडौं र अर्कोलाई विराटनगर अपरेटिङ बेस दिइएको छ । तर सौर्य एयरलाइन्सले दुवै जहाज काठमाडौंको त्रिभुवन विमानस्थललाई बेस बनाएर उडान गरिरहेको छ । यसैगरी गरी केही समयअघि मात्रै हेलिकोप्टर सेवाबाट आन्तरिक उडानमा प्रवेश गरेको श्रीका दुई जहाजलाई पनि प्राधिकरणले उपत्यका बाहिर रात्रिकालीन विश्राम गर्ने गरी उडान अनुमति दिएको थियो । तर एयरलाइन्स कम्पनीले प्राधिकरणको अनुमति उल्लंघन गर्दै तीनवटै जहाज काठमाडौं लागि नै बेस बनाएर उडान गर्दै आएको छ । प्राधिकरणले सुगममा उडान पर्ने बुद्ध, यती, सिम्रिक, सौर्य र श्रीका जहाजमध्ये तीनवटा जहाजको अपरेटिङ बेस उपत्यका बाहिर तोकिएको छ ।

एयरलाइन्स कम्पनीले उपत्यका बाहिर बेस बनाएर उडान गर्दा थप आर्थिक भार पर्ने भएकै कारण पनि काठमाडौंलाई नै बेस बनाइएको विमानस्थल कार्यालयको भनाइ छ । त्यसमा पनि प्राधिकरण र विमानस्थलको स्वीकृतिबिना मन्त्री र मन्त्रालयका कर्मचारीको मिलोमतोमा नियम कार्यान्यवनमा अटेरी गरेको विमानस्थल स्रोत बताउँछ ।पाइलट उपत्यका बाहिर बस्न नमान्ने भएकाले जहाज कम्पनीले बाहिरको बेस भए पनि उपत्यकाबाटै उडान गर्ने गरेका हुन् । बाहिरका बेस बनाउँदा एयरलाइन्स कम्पनीले पाइलट, एयरहोस्टेस र स्टाफलाई कोठा लिएर राख्दा बढी खर्च हुने एयरलाइन्स कम्पनीको भनाइ छ ।कतिपय एयरलाइन्स कम्पनीले भने बेस निर्धारण न्यायोचित नभएको भन्दै नियम कार्यान्वयनमा अटेरी गरिरहेका छन् । प्राधिकरणले उडान अनुमति दिँदा पुरानो र ठूला कम्पनी भन्दै नयाँ र जहाज कम भएका एयरलाइन्स कम्पनीलाई मात्रै उपत्यकाबाहिर पठाउन खोजेको एयरलाइन्स कम्पनीको आरोप छ । उपत्यकाबाहिर बेस भएका एयरलाइन्स कम्पनीका एक प्रतिनिधिले भने, ‘धेरै जहाज भएकालाई काठमाडौंबाहिर पनि बेस दिनुपर्छ अनि मात्रै यो नियम कार्यान्वयन गर्न सहज हुन्छ ।’

प्रकाशित : 7 November, 2017

प्रतिक्रिया दिनुहोस्