केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्याक्सीभित्र शंकास्पद शव फेला

सहयात्रा टिभी

भक्तपुर । भक्तपुरको मनोहरा खोलानजिक ट्याक्सीभित्र एक व्यक्तिको शंकास्पद शव फेला भेटिएको छ । बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र रातो ज्याकेट लगाएका व्यक्ति मृत भेटिएका हुन् ।

दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा शव फेला परेको भक्तपुर प्रहरीले जनाएको छ । टाउकोमा ढुङ्गाले हानेको जस्तो चोट देखिएकाले उनको कसैले हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको र यसका बारेमा अनुसन्धान भइरहेको बताए । प्रसाईका अनुसार घटनाबारे अनुसन्धान गर्न भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्य नेतृत्वको टोली घटनास्थल पुगिसकेको छ ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्