नेता नारायणकाजी श्रेष्ठ घाइते

सहयात्रा टिभी

काठमाण्डौं । माओवादी केन्द्रका नेता तथा गोरखा–२ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार नारायणकाजी श्रेष्ठ चुनावी सभा कार्यक्रममा सहभागी हुने क्रममा लडेर घाइते भएका छन् ।

सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका हुन् । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ । सोही कारण उनले बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न नसकेको पार्टीले जनाएको छ ।

पदैदल यात्राबाट कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम भए पनि नेता श्रेष्ठ गाडी चढेर बारपाक पुगेका छन् । लडेर सामान्य चोट लागे पनि कार्यकर्तालाई घर घरमै भेट्ने कार्यक्रम भने स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्