सेनाद्वारा बम निस्क्रिय

सहयात्रा टिभी

पाँचथर । पाँचथर सदरमुकाम फिदिम बजारको पुरानो बसपार्क नजिकै भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

बुधबार बिहान पाँच बजे स्थानीय बासिन्दाले बम देखेपछि सुरक्षा निकायलाई जानकारी गराएपछि भैरवी दल गणका सेनाले बमलाई डिस्पोज गरेका हुन् । पानीको जग जस्तो आकारको बम कसले राख्यो भन्ने खुलेको छैन ।

सुरक्षा निकायका अनुसार जगभित्र विष्फोटक पदार्थ राखेर जगलाई बम बनाइएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, जनपथ प्रहरी र सशस्त्र प्रहरीको उपस्थितमा सेनाले बिहानै बम डिस्पोज गरेको हो । आसन्न निर्वाचनको माहौललाई प्रभावित पार्ने गलत तत्वले त्रास सिर्जना गर्न यस्तो गरेको हुन सक्ने प्रहरीको भनाई छ ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्