निर्वाचनका कारण विकास निर्माण सुस्तायो

सहयात्रा टिभी

काठमाण्डौं । मुलुकमा चुनावी सरगर्मी बढेसँगै विकास निर्माणका कामहरु भने सुस्ताउन थालेका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण विकास निर्माणको काम ठप्प जस्तो भएको छ । वैशाख १५ गते बजेट आउने बाध्यकारी व्यवस्था भए पनि यो वर्ष स्थानीय तहसँगै लगातार प्रदेश र प्रतिनिधीसभा निर्वाचन भएकाले विकास खर्चमा प्रभाव परेको हो । वैशाख ३१, असार १४ र असोज २ गते स्थानीय तह निर्वाचन पछि मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको छ ।

निर्वाचन आचारसंहिताका कारण पनि विकासतर्फ उल्लेख्य खर्च हुन नसेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको ४ महिना राष्ट्रिय प्राथमिकता प्राप्त २१ आयोजनामा वजेट निकासा हुन सकेको छैन । यो वर्ष सरकारले विकास निर्माणका लागि ३ खर्व ३५ अर्व रुपैयाँ हाराहारीमा बजेट निकासा गरेको थियो । तर हिजो सम्ममा ५ दशमलव ५७ प्रतिशत अथार्त जम्मा १८ अर्व रुपैयाँ हाराहारीमा मात्रै खर्च भएको छ ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्