केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्याक्सीभित्र मृत्त भेटिएका व्यक्तिको खुल्यो पहिचान

सहयात्रा टिभी

भक्तपुर । भक्तपुरस्थित मनोहरा खोला नजिक ट्याक्सीभित्र मृत्त भेटिएका व्यक्तिकोपहिचान खुलेको छ ।

आज विहान मृत्त भेटिएका व्याक्ति सर्लाही घुक्र्यौली घर भई हाल ललितपुर कुुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्का रहेको भक्तपुर प्रहरी प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए । प्रहरीका अनुसार उनी आफै ट्याक्सी चालक हुन् ।

दिब्यश्वरी प्लानिङको खाली जग्गामा बुधबार बिहान बा १ ज १०४० नम्बरको रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा रातो ज्याकेट लगाएको व्यक्ति मृत्त अवस्थामा देखेपछि स्थानीयले विहानै प्रहरीलाई खबर गरेका थिए ।टाउकोमा ढुङ्गाले हानेको जस्तो घाऊ भएकाले कसैले उनको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

याे पनि पढ्नुहाेस् 

ट्याक्सीभित्र शंकास्पद शव फेला

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्