केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शनिबार नारायणगढ–मुग्लिन सडक बन्द हुने

सहयात्रा टिभी

चितवन । सडकमाथि भीरमा रहेको ठूलो ढुङ्गा जुनसुकै बेला खसेर दुर्घटना गराउन सक्ने भएकाले सडक व्यवस्थापन गर्न आउँदो शनिबार (कात्तिक २५ गते) नारायणगढ–मुग्लिन सडक दिउँसो ७ घण्टा बन्द गरिने भएको छ ।चितवन ।

सडकमाथि भीरमा रहेको ठूलो ढुङ्गा जुनसुकै बेला खसेर दुर्घटना गराउन सक्ने भएकाले सडक व्यवस्थापन गर्न आउँदो शनिबार (कात्तिक २५ गते) नारायणगढ–मुग्लिन सडक दिउँसो ७ घण्टा बन्द गरिने भएको छ । सडक खण्डको सेतीदोभान (२० प्लस ४००) मा ठूलो ढुङ्गा सडकमा झर्न सक्ने देखिएकाले त्यसलाई व्यवस्थापन गर्न भन्दै सो दिन दिउँसोको समयमा सवारी साधन आवगमन बन्द गर्न लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बसेको बैठकले कात्तिक २५ गते विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्ड बन्द गर्ने निर्णय गरेको हो । सडक खण्डमा अझै पनि खाल्डाखुल्डी रहेकाले त्यसलाई पुरेर सम्याउन सम्बन्धिन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । त्यसैगरी, बैठकले तीनवटै सेक्टरका निर्माण व्यवसायीहरुले आवश्यकता अनुसार मानिस र मेशिन प्रयोग गरी निर्माण कार्यलाई तीव्रता दिन निर्देशन गरेको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले धमाधम कालोपत्रे भइरहेको छ । सडक खण्डको कटिङ गर्न बाँकी ८ सय मिटरमा काम थाल्ने आयोजनाले बताएको छ ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्