‘मधेसलाई अधिकारपूर्ण बनाउन कांग्रेसलाई पूर्ण बहुमतको खाँचो’

सहयात्रा टिभी

जनकपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले मात्र मधेसलाई पूर्ण अधिकारयुक्त बनाउन सक्ने दावी गरेका छन् ।

नेपाली कांग्रेस धनुषाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण वहुमत दिइए मात्र मधेसका सबै अधिकार सुनिश्चित हुने दावी गरे ।

देउवाले आफूले मधेसी जनताको अधिकारको लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेस गरेको भए पनि एमाले र माओवादीको साथ नपाउँदा पारित गराउन नसकिएको आरोप लगाए । देउवाले मधेसका जनताको अधिकार संविधानमै सुनिश्चित गर्नको लागि आफूहरु तयार रहेको तर वामपन्थीहरुले अधिकार दिन नचाहेको आरोप लगाए ।

निर्वाचनलाई केन्द्रित गरेर आयोजना गरिएको प्रदेश नम्बर–२ को सुरक्षा गोष्ठीमा समेत प्रधानमन्त्री देउवाले सहभागी भएका थिए । कार्यक्रममा बोल्दै देउवाले जनताको अधिकार र संविधान कार्यान्वयनका लागि हुन लागेको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन दिएका थिए ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्