केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनाव प्रचारमा अनुमति लिएर मात्रै विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्नु : आयोग

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्नु परेको खण्डमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वअनुमति लिएर मात्रै चलाउन भनेको छ । आयोगले चुनाव प्रचारप्रसारको प्रयोजनमा विदेशी नम्बर प्लेटका सवारीसाधनको प्रयोगलाई नियन्त्रण गर्ने सम्बन्धमा यस्तो निर्णय गरेको जनाएको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा प्रचारप्रसारको प्रयोजनमा विभिन्न राजनीतिक दल र उम्मेदरवारले प्रयोगमा ल्याउने विदेशी नम्बर प्लेटका सवारीसाधनको नियमन, नियन्त्रण र व्यवस्थापनका लागि बैठकले गृह मन्त्रालय, भन्सार विभाग र यातायात व्यवस्था विभागलाई पत्राचार गर्ने  निर्णय गरेको छ ।

यसैगरी, राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गदा{ निर्वाचन आचारसंहिताको उल्लंघन नहुने गरी तोकिएको संख्यामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्व अनुमति लिएर मात्र सञ्चालन गर्ने दिने व्यवस्था आयोगले गरेको छ ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्