केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रयाक्टर भिरबाट खस्दा ८ घाइते

सहयात्रा टिभी

नवलपरासी । नवलपरासीको दलदले डेढगाउँ सडकखण्डको बुलिङ्टार गाउँपालिका ६ भारतिपुरमा बुधबार राति ट्याक्टर भिरबाट खस्दा ८ जना घाइते भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शीतलपुरका लागि सामान लिएर छुटेको लु ३ त ६८०३ नम्बरको ट्रयाक्टर साँघुरो घुम्तिमा मोड्ने क्रममा सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी नवलपरासी बुलिङ्टार गाउँपालिका ६ बस्ने १७ वर्षका राजु वि.क, ४८ वर्षका प्रेम बहादुर सार्की, देवचुलि न.पा. ५ बस्ने २० वर्षका जुनि मगर, २२ वर्षका भिम बहादुर मगर, १८ वर्षका दिपु नेपाली र १९ वर्षका जस बहादुर परियार गम्भीर घाइते भएका छन् ।
ट्रयाक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्