केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयोगले बोलायो सबै मन्त्रालयका सचिवलाई, आचारसंहिता पालना गराउन आयोग गम्भिर

सहयात्रा टिभी

काठमाडौँ । आसन्न संघ र प्रदेशको पहिलो चरणको चिर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउने विषयमा राय सुझाव संकलन गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिने उद्देश्यले निर्वाचन आयोगले आज सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछ ।

निर्वाचनमा आचारसंहिता पालना गराउन यस पटक केहि कडा रुपमा प्रस्तुत भएको आयोगले निर्वाचन १७ दिन मात्र बाँकी रहँदा निर्वाचनको तयारी अन्तिम चरणमा पु¥याएको छ । आयोग प्रवक्ता नवराज ढकालका अनुसार पहिलो चरणको निर्वाचनसँगै दोस्रो चरणमा हुने निर्वाचनको कामलाई समेत आयोगले सँगसँगै लगेको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउनका लागि आयोगले हरप्रयास गरिरहेको जनाएको छ ।

आयोगका प्रवक्ता ढकालले भने–‘राजनीतिक दल, उम्मेद्वार र सरकारका मन्त्री तथा कर्मचारीहरुबाट आचारसंहिता उल्लंघनका बिषयबारे बाहिर आएका गुनासाका बारेमा पनि आयोग जानकार छ । त्यसैले आयोगले आजै सबै मन्त्रालयका सचिव ज्यूहरुलाई छलफलका लागि बोलाएको हो । ’ आयोगले आज आफूले गरिरहेका निर्वाचन तयारीका सम्बन्धमा सवै सचिवहरुलाई जानकारी गराउने तथा सम्बन्धित मन्त्रालयले गरेको तयारीका बिषयमा जानकारी लिनेछ । आयोगले शन्ति–सुरक्षाको अवस्था र अवलम्वन गर्नुपर्ने भावी रणनीतिका बिषयमा गृह र रक्षा सचिवसँग विशेष छलफल गर्न लागको बुझिएको छ  ।

आयोगले मंसिर १० गते पहिलो चरणमा पहाडी र उच्च हिमाली ३२ जिल्लामा प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्दैछ । उसले पहिलो चरणमा हुने निर्वाचनको आवाश्यक सवै तयारी भइसकेकोले भोलिसम्ममा आवाश्यक मतदान सामाग्री पुगिसक्ने बताए । त्यस्तै आयोगले स्थानीय स्तरमा आयोगका कर्मचारीहरुले गर्नुपर्ने कामका विषयमा समेत अनुगमन र निरीक्षणको काम गरिरहेको बताएको छ । आयोगका प्रवक्ता ढकालले यो निर्वाचन सम्पनन गर्न सिङ्गो देश र देशवासी एकमत भएर लाग्नुपर्ने भन्दै यो अभियानमा साथ र सहयोगको अपेक्षा समेत गरेको बताए ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्