केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मताधिकार सुरक्षित नभए आन्दोलन गर्ने चेतावनी

सहयात्रा टिभी

काठमाण्डौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आफूहरुको मताधिकार सुरक्षित र सुनिश्चित गर्न निजामति कर्मचारीहरुले सरकार समक्ष माग गरेका छन् ।

मंसिर १० र २१ गते हुने आसन्न निर्वाचनमा आफूहरुलाई मताधिकारबाट बञ्चित गराए कडा आन्दोलनमा उत्रिने चेतावनी निजामति कर्मचारीहरुले दिएका छन् ।निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले संविधानले नै १८ वर्ष पुगेका नागरिकलाई मताधिकार सुनिश्चित गरेको अवस्थामा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिन नहुने तर्क गरेको छ ।

युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले हरेक निर्वाचनमा कर्मचारीले मताधिकार प्रयोग गर्न पाएको उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि मताधिकार प्रयोग गर्न दिइनुपर्ने माग राखे । यसपटकको निर्वाचनमा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिए चुप लागेर नबस्ने उनको भनाइ थियो । ‘निर्वाचन कार्यालयलाई कर्मचारीलाई मताधिकार प्रयोग गर्न दिनेबारे पटक–पटक जानकारी गराएका छौं’–उनले भने–‘पाँच लाख कर्मचारीको अधिकार खोस्न पाइँदैन ।

हाम्रा मागलाई सम्बोधन नगरे आन्दोलन गर्छौ ।’ यसैगरी, नेपाल निजामती कर्मचारी युनियन (संघ) का कार्यवाहक अध्यक्ष जीतबहादुर मडैले मतदान प्रक्रियामा सहभागी जनाउन लागि आयोगलाई खबरदारी गर्ने बताए । यसैगरी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल र नेपाल मधेसी निजामती कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरीले निर्वाचनमा खटिने कर्मचारीलाई मतदानबाट वञ्चित गरे कठोर निर्णय लिइने बताए ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्