केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्तर कोरियालाई घेराबन्दीमा पार्न चीनलाई ट्रम्पको आग्रह

सहयात्रा टिभी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक अस्त्रमा दम्भ गरिरहेको उत्तर कोरियालाई चौतर्फी घेराबन्दीमा पार्नेतर्फ सोच विचार पु¥याउन चीनलाई आग्रह गरेका छन् ।

उनले उत्तर कोरियालाई आणविक हतियार परित्याग गर्न बाध्य बनाउनका निम्ति कडा कदम चाल्न समेत चीनसँग आग्रह गरेका छन् । बेइजिङ आयोजित ब्यापारिक समुदायसँगको वैठकमा बोल्दै उनले व्यापार घाटाको सन्दर्भमा अमेरिकाबाट फाइदा लिएकोमा चीनलाई आरोपित नगर्ने पनि बताए । आफ्नो एशिया भ्रमणका सिशशिलामा ट्रम्प हाल चीनमा छन् ।

बेइजिङमा भव्य स्वागतपछि उनले बिहीबार चिनियाँ राष्ट्रपति शी जिनफिङसँग वार्ता गरेका छन् । वार्ताका क्रममा ट्रम्पले उत्तर कोरियाको आणविक त्राशलाई कसरी सामना गर्ने भन्ने विषयमा प्रमुख जोड दिएका थिए । चीन प्योङयाङको प्रखुम आर्थिक साझेदार हो । शी र ट्रम्पले दुई देशबीच दुई सय ५० डलरको व्यापारिक सम्झौता भएको घोषणा गरेका थिए ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्