केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘कांग्रेस गठबन्धन राजतन्त्र फर्काउने दाऊमा छ’

सहयात्रा टिभी

डोटी । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले अहिलेको कांग्रेस गठबन्धन मुलुकमा राजतन्त्र फर्काउने दाऊमा रहेको आरोप लगाएका छन् । आसन्न चुनावी दौडाहाका क्रममा डोटी पुगेका नेतासिंहले आगामी निर्वाचनमा कांग्रेस गठबन्धनले बहुमत ल्याए देशमा राजतन्त्र फर्कन सक्ने औंल्याए ।

नेपाली कांग्रेसभित्रको ठूलो हिस्सा राजतन्त्रको पक्षमा रहेको बताउँदै सिंहले भने–‘यो चुनावमा कांग्रेस गठबन्धनले जित्नु राष्ट्रियताका लागि खतरा हुनसक्छ ।’ उनले कांग्रेसले बहुमत ल्याए मधेसवादी दलहरु र भारतसँग मिलेर संबिधान संशोधन गर्ने खतरा समेत रहेको दावी गरे । ‘संबिधानलाई भारतीय इच्छा अनुसार संशोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा कांग्रेस रहेको आरोप लगाउँदै उनले भने–‘कांग्रेस नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउने र हिन्दु राष्ट्रको संरक्षकका रुपमा राजा फर्काउने दाऊमा छ ।’ सिंहले नेपाली कांग्रेस अब पूरानो कांग्रेस नरहेको पनि बताए ।

‘कांग्रेस अव बिपी कांग्रेस रहेन, न त यो गिरिजा कांग्रेस रह्यो, न गणेशमान कांग्रेस रह्यो’–उनले भने–‘यो त शेरबहादुर कांग्रेस मात्रै भइसक्योे ।’ कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रियता र राजनीतिक चरित्र नरहेको सिंहले आरोप लगाए । उनले थपे–‘देउवाले व्यक्तिगत स्वार्थका लागि जे पनि गर्न सक्छन् भन्ने पुष्टि भइसकेको छ ।’ उनले बिपी र गिरिजाप्रसाद कोइरालाले निरंकुश राजतन्त्र भन्दा बैज्ञानिक राजतन्त्र स्वीकार गरेको बताउँदै सिंहले अहिलेको कांग्रेसले अवसरवादलाई मात्रै स्वीकारी रहेको आरोप लगाए ।

उनले भारतले मधेसबादी दलहरुसँग मिलेर देशलाई सिक्किमीकरण गर्न खोजेको आरोप लगाए । एमाले–माओवादीहरु माक्र्सबाद, लेनीनबाद र माओ बिचारधाराबाट बिचलित भइसकेका कारण उनीहरु कम्युनिष्ट नरहेको सिंहको भनाइ छ । उनी भन्छन्–‘चरित्रका हिसावले यी दुई पार्टी एउटै भएका कारण यिनीहरुबीच एकता भए राम्रो हुन्छ ।’ उनले वर्तमान बाम गठबन्धनसँग आफ्नो पार्टी एकता हुने सम्भावना नरहेको बताए ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्