केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्व राष्ट्रपति यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक’

सहयात्रा टिभी

काठमाण्डौं । पूर्व राष्ट्रपति रामबरण यादव ‘जनआन्दोलन स्वर्ण पदक’ बाट विभूषित भएका छन् । सर्वमान्य नेता स्व. गणेशमान सिंहको १०३ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज आयोजना गरेको समारोहमा यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदकबाट विभूषित गरेकी हुन् ।

शान्ति प्रक्रियाका विभिन्न चरणमा पु¥याएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गरेको भूमिकाका लागि डा. यादवलाई अभिनन्दन गरिएको हो । समारोहमा राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिएझैं आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतासँग अपिल गरिन् ।

उनले संविधानले निर्दिष्ट गरेका विभिन्न तहका निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबाट देखाइएको कटिबद्धताको सराहना गर्दै स्वस्थ प्रतिष्पर्धाका लागि दलहरुमा देखिएको अग्रसरताप्रति खुशी व्यक्त गरेकी छन् । कार्यक्रममा  पूर्व राष्ट्रपति डा. यादवले सबैले स्वीकार गरेको नेपालको संघीय लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति भण्डारीले रत्नपार्कस्थित शान्तिबाटिकामा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण समेत पनि गरेकी छन् ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्