केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भ्रमणमा हिंडेको स्कुल बस दुर्घटना, ४० घाइते, पाँच गम्भिर

सहयात्रा टिभी

नवलपरासी । शैक्षिक भ्रमणका लागि हिंडेको स्कुकल बस आज (शुक्रबार) नवलपरासीको सुक्रौलीमा दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती आधारभुत विद्यालयका विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा हिंडेको बस आज बिहान १० बजे दुर्घटनामा परेको हो । भुमही भैरहवा सडकखण्ड अन्तर्गत रामग्राम–१५ सुक्रौलीमा बसको पट्टा भाँचिएर अनियन्त्रित हुँदा सडक छेउमा रहेको खाडलमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै स्थानीयले पानी जमेको खाडलबाट विद्यार्थी र शिक्षकलाई उद्धार गरेका थिए । गम्भिर घाइते पाँच जनालाई उपचारका लागि भरतपुर पठाइएको छ । सामान्य घाइतेको जिल्ला अस्पताल परासीमा उपचार भईरहेको छ । शैक्षिक भ्रमणका लागि विद्यार्थी लुम्बिनी जाँदै थिए ।
 

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्