अस्पतालको शैंयाबाटै विप्लव समूहका मेची व्यूरो इन्चार्ज पक्राउ

सहयात्रा टिभी

ताप्लेजुङ । चुनावविरोधी अभियान चलाइरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट निर्टीका मेची व्यूरो इन्चार्जलाई प्रहरीले अस्पतालको शैंयाबाटै पक्राउ गरेको छ ।

मोटरसाइकल दुर्घटनामा परेर बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका ४० वर्षीय मेची व्यूरो इन्चार्ज  सन्तोष पतङ्वा (सुमन) लाई बिहीबार राति नै प्रहरीले अस्पतालको शैंयाबाटै पक्राउ गरेको हो । कातिक १६ गते मोटरसाइकल दुर्घटनामा परेका  सुमनलाई सोही दिनदेखि न्यूरोमा उचारका लागि भर्ना गरिएको उनकी पत्नी २८ वर्षीया विमला हाङ्वाङ पतङ्वाले बताएकी छन् ।

निर्वाचन खारेजीको अभियान चलाइरहेको विप्लव समूहका सुमनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । दुर्घटना हुँदा टाउकोभित्र रगत जमेकाले शल्यक्रिया गर्नुपर्ने र नियमित औषधि खानु पर्ने भएकाले श्रीमानलाई औषधि सेवनका लागि सहज वातावरण बनाई दिन विमलाले सम्बन्धित पक्षसँग आग्रह गरेकी छिन् । उनले भनिन्–‘उहाँ बिरामी हुनुहुन्छ । विनासर्त रिहा गरी उपचार व्यवस्थापन गर्न आग्रह गर्छु ।’ यता ताप्लेजुङ जिल्ला इन्चार्ज आशिषले सुमनलाई अस्पतालबाटै प्रहरीले गिरफ्तार गरेकोप्रति आपत्ति जनाएका छन् । सुमनलाई विना सर्त रिहा नगरिए संगठन र कार्यकर्ता रक्षाका लागि पार्टीले प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्