जनादर्शन शर्मा चढेको गाडीमा बम प्रहार

सहयात्रा टिभी

रुकुम । विना विभागीय मन्त्री तथा पश्चिम रूकुमका प्रतिनिधसभा सदस्यका उम्मेद्वार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी रुकुममा बम प्रहार भएको छ ।
रुकुमको चौरजहारी नगरपालिका–८ गोइरीमा विहान साढे ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको जनाइएको छ । उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको रूकुम प्रहरीले जानकारी दिएको छ । एउटा बम पड्किएपछि अर्को बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बम रेडबुलको बट्टामा राखिएको थियो ।

रूकुमको चौरजहारीबाट उम्मेद्वार शर्मासहित प्रचार टोली विहान सानोभेरी गाउँपालिकातर्फ प्रचारका लागि जाँदै गर्दा बम प्रहार भएको हो । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले बम प्रहार गरेको शंका गरिए पनि प्रहरीले यसलाई पुष्टि गरेको छैन् । माओवादी पश्चिम रूकुमको पार्टी एकता संयोजन समितिका प्रमुख नेताहरू राजकुमार शर्मा र शेरबहादुर केसीले विज्ञिप्त प्रकाशित गरी राजनीतिक स्थायित्व र समृद्धि बिरोधीहरूले अक्रमण गरेको बताएका छन् । शर्मा वाम गठबन्धनबाट उम्मेद्वार बनेका छन् ।

 

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्