दैलेखमा बस दुर्घटना हुदां तीनको मृत्यु ८ घाईते

सहयात्रा टिभी

दैलेख । दैलेखमा बस दुर्घटना हुदां मृत्यु हुनेको संख्या तीन पुगेको छ । एकजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्वरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटना भएको हो । दुर्घटना परि मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी रानाको ज्यान गएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोजले जानकारी दिए । दुर्घटनमा ८ जना घाइते भएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 11 November, 2017

प्रतिक्रिया दिनुहोस्