केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी नेता वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा : विस्फोटपछि दोहोरो फायरिङ, सबै सकुशल

सहयात्रा टिभी

रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा परेको छ । रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको हो । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको दाबी पुनले गरेका छन् । विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । विस्फोट लगत्तै बाटो छेउमा लुकेर बसेका विप्लवका कार्याकर्ताले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए । बम कसले राखेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विद्युतीय धराप थापेको हुन सक्ने आशंका छ ।

विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । चुनाव प्रचारका लागि रोल्पाका उम्मेदवार समेत रहेका नेता पुन जिल्लामा रहेका बेला उनको गाडीलाई लक्षित गरी विस्फोट भएको हो । रोल्पाको घर्ती गाउँमा हुने कार्यक्रमा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी आक्रमण भएको हो । शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।

प्रकाशित : 11 November, 2017

प्रतिक्रिया दिनुहोस्