ठूलो परिमाणमा बम बनाउन प्रयोग गरिने विष्फोटक सामग्री बरामद

सहयात्रा टिभी

सुर्खेत । प्रहरीले बम बनाउन प्रयोग गरिने विष्फोटक सामग्री ठूलो परिमाणमा बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-११ ढुङ्गेबजारबाट शनिबार बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरिएको हो । बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । चुनावमा प्रभाव पार्नका लागि चुनावविरोधी समूहले विष्फोटक सामग्री भारतबाट भित्र्याएको प्रहरीले जनाएको छ ।

‘विशेष सुराकीको आधारमा ध १ ज १०६ नम्बरको जीप जाँच गर्दा ६० थान डेटोनेटर, ५५५ थान जिलेटिन, २२ मिटर फ्यूजवायरका साथै भारतीय र नेपाली सीमसहितको मोबाइल बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाकारी दिएको छ ।

प्रकाशित : 11 November, 2017

प्रतिक्रिया दिनुहोस्