रुखमा भोट हाल्नुहोस् सबै माग पूरा हुन्छ : देउवा

सहयात्रा टिभी

सोलुखुम्बु । नेपाली कांग्रेसका उम्मेदवारलाई चुनाव जिताउन सोलुखुम्बु आएका प्रधानमन्त्री एवम् पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा ४५ सेकेण्डको सम्बोधनमा वाम गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । ‘रुखमा भोट हाल्नुहोस, सबै माग पूरा हुन्छ ।’ प्रधानमन्त्री देउवाको भनाई थियो ।

शनिबार ताप्लेजुङबाट चुनावी प्रचार अभियान सुरु गरेका प्रधानमन्त्री देउवाले आफ्ना उम्मेदवारलाई जिताउन नेपाली सेनाको हेलिकोप्टरमार्फत सोलुखुम्बु आएका थिए । ‘लोकतन्त्रमा मात्र जनता मालिक हुने, बोल्न-लेख्न पाउने र डरत्रासको शासन हुँदैन’ ‘कम्युनिष्ट भनेकै लोकतन्त्र विरोधी हुन्’ ताप्लेजुङमा गरिएको सभाको सम्वोधनमा उनले भने ।

प्रकाशित : 11 November, 2017

प्रतिक्रिया दिनुहोस्