केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उम्मेद्वार सुरक्षाबारे सुरक्षा प्रमुखसँग छलफल

सहयात्रा टिभी

काठमाण्डौं । आसन्न निर्वाचनको सुरक्षा रणनीतिका  बारेमा छलफल गर्न निर्वाचन आयोगले सुरक्षा अङ्गका प्रमुखहरुसँग आज छलफल गर्दैछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वारहरुलाई लक्षित गरी भइरहेका आक्रमणले सुरक्षा व्यवस्थामै प्रश्न चिन्हृ खडा गरिरहेका बेला आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएको हो ।

निर्वाचन आयोगका आयोगका प्रवक्ता नवराज ढकालले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आयोगले आइतबार दिउँसो १ बजे छलफल गर्न लागेको जानकारी दिए । पछिल्ला केही दिनदेखि उम्मेद्वारहरुमाथि आक्रमणका प्रयासहरु भइरहेका छन् ।

शुक्रबार रुकुममा माओवादी नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो । शनिबार दिउँसो पनि रोल्पामा माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माइन विष्फोट गराइएको थियो । छलफलमा आयोगका पदाधिकारीहरुले देशको समग्र शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिनुका साथै उम्मेद्वारहरुको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गर्ने बताइएको छ ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्