मुलुक जोगाउन लोकतान्त्रिक गठबन्धनको जीत आवश्यक–देउवा

सहयात्रा टिभी

सोलुखुम्बु । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई जोगाउनकै लागि भए पनि आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको जीत आवश्यक रहेको बताएका छन् ।

आइतबार सोलुखुम्बुमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कम्युनिष्टहरुको गठबन्धन मुलुकका लागि खतरा बनेर देखिएको बताउँदै देश जोगाउनकै लागि भए पनि यो चुनावमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन सोलुखुम्बुबासीलाई आग्रह गरे । देउवाले पासाङल्हामु शेर्पालाई आफू सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । उनले यो पटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै का्रग्रेसले नै प्रदेशसभाको प्रत्यक्षतर्फ आङ्गेलु शेर्पालाई उम्मेद्वार बनाएको बताए ।

कार्यक्रममा प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्म्ेदवार आङ्गेलु शेर्पाले लुक्लाको सुर्केसम्म कालोपत्र सडक पु¥याउन माग गरे । उम्मेद्वार शेर्पा र स्थानीयवासीको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दुई वर्षभित्र सुर्केसम्म कालोपत्र गर्ने र सोलुदूधकुण्ड नगरपालिकमा एउटा राष्ट्रियसभा गृह बनाउने प्रतिबद्धता व्यक्त गरे । चुनावी कार्यक्रममा प्रदेशसभाका उम्मेद्वार शेर्पाले आफूलाई यहाँका जनताले निर्वाचित गर्ने विश्वास व्यक्त गर्दै चुनाव जितेपछि १ नं प्रदेशकै नमूना क्षेत्र बनाउने बताए । कार्यक्रममा खुम्बु क्षेत्रका अगुवाले त्यहाँको विकास निर्माणमा ध्यान दिन माग गरेका थिए । लुक्लाको चुनावी कार्यक्रम सकेर प्रधानमन्त्री देउवा आजै काठमाडौँ फर्किएकाछन् ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्