केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इराकमा ४ सय जनाको सामुहिक चिहान !

सहयात्रा टिभी

इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटिएको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा उक्त चिहान फेला पारेको जनाइएको छ । गत महिनाअघिसम्म उक्त क्षेत्र इस्लामिक अतिवादी समूह आईएसको नियन्त्रणमा थियो ।

चिहानमा आईएसले हत्या गर्नुअघि लगाई दिने गरेका पोसाक लगायका सामग्री मेत फेला परेका छन् । किरकुक प्रान्तका गभर्नर रकानले उक्त क्षेत्रलाई आईएसले हत्या गर्ने मैदानको रुपमा परिणत गराएको बताए । इराकी सेनाले आईएसको नियन्त्रणमा रहिसकेका विभिन्न ७२ वटा सामुहिक चिहानबाट करीब १५ हजार शव फेला पारिसकेको छ । एजेन्सी

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्